दफा १६०
अधिकार प्रत्यायोजन
(१) प्राधिकरणले यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकार अध्यक्ष, सदस्य तथा समितिद्वारा गठित अन्य समिति वा उपसमितिलाई प्रत्यायोजन गर्न सक्नेछ।

तर देहायको अधिकार प्रत्योजन हुने छैनः-

(क) बीमा कम्पनी स्थापना गर्न पूर्वस्वीकृति दिने,

(ख) बीमकको इजाजतपत्र दिने,

(ग) बीमा व्यवसायमा रोक लगाउने,

(घ) बीमकको इजाजतपत्र खारेजी गर्ने,

(ङ) दफा १०३ बमोजिम विशेष व्यवस्थापन समूह गठन गर्ने,

(च) विनियम वा निर्देशिका जारी गर्ने। (२) अध्यक्षले प्राधिकरणको काम सुचारू रूपले सञ्चालन गर्न यस ऐनद्वारा प्राप्त अधिकार प्राधिकरणको अन्य अधिकृत कर्मचारीहरूलाई प्रत्यायोजन गर्न सक्नेछ ।